अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द – Nepal Press

अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द

काठमाडौं । बढ्दो कोरोनाभाइरस संक्रमण र काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञाको कारण अमेरिकी दूतावासले बुधबारदेखि भिसा लगायतका सेवा बन्द गरेको छ ।

दूतावासले बुधबार विज्ञप्ती जारी गर्दै निषेधाज्ञा लागु भैञ्जेलसम्मका लागि भिसा लगायतका सेवा स्थगित भएको जनाएको हो । उसले भिसाका लागि लिइएका अपोइटमेन्ट पनि अहिलेलाई स्थगित भएको जनाएको छ ।

अमेरिकी नागरिकलाई दिइने सेवा पनि निषेधाज्ञा हटेपछि मात्र सुचारु गरिने दूतावासले जनाएको छ । विज्ञप्तीमा दूतावासका कर्मचारीलाई अनावश्यकरुपमा काठमाडौं वरपर नजान समेत निर्देशन दिइएको छ ।

अमेरिका जान चाहने त्यहाँका नागरिकले २३ गते मध्यरातदेखि बन्द हुने अन्तर्राष्ट्रिय उडान अगाडि नै जान सक्ने सुझाव पनि दूतावासले दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर