भारतमा कोरोना संक्रमित संख्या २ करोड नाघ्यो, मंगलबार ३४ सयको मृत्यु – Nepal Press

भारतमा कोरोना संक्रमित संख्या २ करोड नाघ्यो, मंगलबार ३४ सयको मृत्यु

दिल्ली । मंगलबार भारतमा कोरोनाभाइरसका ३ लाख ५७ हजार संक्रमित थपिएका छन् । भारतको कूल संक्रमित संख्या २ करोड नाघेको छ ।

कोरोनाबाट विश्वमै प्रभावितमध्येको दोस्रो मुलुक भारतमा ३ लाखभन्दा बढी संक्रमित निरन्तर थपिएको यो १३ औं दिन हो । पछिल्लो २४ घण्टामा ३,४४९ संक्रमितको मृत्यु भएको छ ।

अहिले भारतको कूल संक्रमित संख्या २ करोड २ लाखभन्दा बढी संक्रमित भएका छन् । भारतको कूल संक्रमित संख्या ३४ लाख ४७ हजार पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *