निषेधाज्ञालाई थप कडा तुल्याइन्छ : प्रधानमन्त्री ओली – Nepal Press

निषेधाज्ञालाई थप कडा तुल्याइन्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली कोभिड-१९ विरुद्ध लागु गरिएको निषेधाज्ञामा थप कडाइ हुने बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले महामारी नियन्त्रणका लागि सरकारले लागु गरेका मापदण्डलाई कडाइको साथ पालना गर्न समेत आग्रह गरे ।

निषेधाज्ञाको पालना गर्न समेत उनले आग्रह गरेका छन् । भीडभाड नगर्न, मास्क लगाउन र हात धुन आग्रह गर्दै प्रधानमन्त्रीले आम नागरिकलाई विचलित नभइ जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरे । ओलीले पछिल्लो समय नेपालको कोभिड परिस्थितीबारे प्रकाश पारेका थिए ।

कोरोना सङ्क्रमणको पहिलो लहरमा गरिएको सावधानीका कारण महामारी फैलिन नपाएको र अहिले दोस्रो लहरमा पनि त्यस्तै सावधानी अपनाउन उनले आग्रह गरे । नागरिकको जीउधनको रक्षा गर्नु वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्रीले बताए ।

पाँच दिनदेखि काठमाडौंसहित मुलुकका ४१ जिल्लामा कोभिडविरुद्ध निषेधाज्ञा लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर