गण्डकीमा कार्यव्यवस्था समितिको बैठक विनानिष्कर्ष सकियो, भोलि सभामुखसहित पाँच दलसँग छलफल गर्ने – Nepal Press

गण्डकीमा कार्यव्यवस्था समितिको बैठक विनानिष्कर्ष सकियो, भोलि सभामुखसहित पाँच दलसँग छलफल गर्ने

पोखरा । गण्डकी प्रदेशसभाको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ । समिति बैठकले भोलि सभामुखसहित पाँच दलका नेतासँगको छलफलपछि मात्रै संसद बैठक मिति तय हुने समिति एमाले सांसद कृष्ण थापाले जानकारी दिए ।

तीन घण्टा बसेको समिति बैठकले दलको नेतामा मुख्यमन्त्री पनि पर्ने हुनाले उहाँसँगै छलफल गरेर अघि बढ्ने निष्कर्ष निकालेको सांसद हरिशरण आचार्यले बताए ।

केही दिनअघि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छिनोफानो गर्ने गरी बोलाइएको संसद बैठक अनिश्चित कालका लागि स्थागित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर