धनुषामा वैशाख २१ देखि निषेधाज्ञा – Nepal Press

धनुषामा वैशाख २१ देखि निषेधाज्ञा

जनकपुरधाम । कोरोना संक्रमित ह्वातै बढेपछि धनुषामा पनि निषेधाज्ञा लगाउने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड-१९ संकट व्यबस्थापन केन्द्रको बैठकले धनुषामा निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

वैशाख २१ गते विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

हिजो दिउसो ३ बजेको तथ्यांक अनुसार धनुषामा ४०३ जना कोरोनाका सक्रिय संक्रमित पुगिसकेका छन् । सक्रिय संक्रमितको संख्या तीब्र गतिमा बढिरहेकाले निशेधाज्ञा जारी गर्नु परेको प्रजिअ बास्तोलाले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर