भारतमा शुक्रबार ३ लाख ८६ हजार संक्रमित थपिए, ३,५०० को मृत्यु – Nepal Press

भारतमा शुक्रबार ३ लाख ८६ हजार संक्रमित थपिए, ३,५०० को मृत्यु

दिल्ली । शुक्रबार भारतमा एकैदिन ३ लाख ८६ हजार ४५२ कोरोनाभाइरस संक्रमित थपिएका छन् । भारतको कूल भाइरस संक्रमित संख्या १ करोड ८७ लाख ६२ हजार ९७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४९८ संक्रमितको मृत्यु भएको छ । कूल मृतक संख्या २ लाख ८ हजार पुगेको छ । ३१ लाख ७० हजार सक्रिय संक्रमित पुगेका छन् ।

एकैदिनमा संक्रमित र मृत्यु भएको यो सर्वाधिक भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर