छाडी जाँदैछु तिम्रो शहर (तस्बिरहरू) – Nepal Press
छाडी जाँदैछु तिम्रो शहर (तस्बिरहरू)
विजय गजमेर २०७८ वैशाख १५ गते १२:४३
२०७८ वैशाख १५ गते १२:४३

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीब्र भएसँगै उपत्यका छाड्नेको लर्को लागेको छ ।

भोलिदेखि लागू गरिएको निषेधाज्ञाका कारण घर जानेलाई दिइएको दुई दिनको समयसीमामा थातथलो फर्किने यात्रुको भीडले बसपार्क र उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू भरिएका छन् ।

काठमाडौं छाड्नेमध्ये विद्यार्थी र ज्याला मजदुरी गर्ने धेरै छन् ।

उपत्यका भित्रिने नाकामा प्रहरीले बुधबार राति १२ बजेदेखि कडाइ गर्नका लागि विशेष योजना नै बनाएको छ ।

उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले मंगलबार रातिसम्म ५२ हजारभन्दा बढीले उपत्यका छोडेको बताएका छन् ।

बुधबारमात्रै २ लाखभन्दा बढी सर्वसाधारणले उपत्यका छाड्ने अनुमान ट्राफिक प्रहरीको छ ।