भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, बुधबार एकैदिन ३ लाख ६० हजारमा संक्रमण – Nepal Press

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, बुधबार एकैदिन ३ लाख ६० हजारमा संक्रमण

काठमाडौं । बुधबार एकैदिन भारतमा ३ लाख ६० हजार ९६० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन ३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

योसँगै भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । सक्रिय संक्रमित संख्या १ करोड ७९ लाख पुगेको छ ।

सातदिन देखि लगातार ३ लाखभन्दा माथि संक्रमित थपिएका छन् । महाराष्ट्र, कर्नाटक, केरला, उत्तर प्रदेश, तामिल नाडु र दिल्ली भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर