लकडाउनमा वित्तीय संस्था र विवाहका सवारीलाई पास आवश्यक नपर्ने – Nepal Press

लकडाउनमा वित्तीय संस्था र विवाहका सवारीलाई पास आवश्यक नपर्ने

काठमाडौं । विहिबारदेखि सुरु हुने लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको आदेशमा मंगलबार संशोधन गरी सो व्यबस्था गरेको हो । साथै विवाहमा सहभागी हुन व्यानर र दुलाह-दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर