सुर्खेतमा पनि निषेधाज्ञा – Nepal Press

सुर्खेतमा पनि निषेधाज्ञा

सुर्खेत । कोरोना संक्रमित बढेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रशासनले मंगलबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार भारतबाट हालसम्म १५ हजार भन्दा बढी नाागरिक कर्णाली भित्रिएको र त्यसबाट कोरोना संक्रमण तीव्र रुपमा फैलिन सक्ने खतरा भएका कारण लकडाउन गर्नुको विकल्प नभएको हो । ‘यहाँ भारतबाट आउने नागरिकका कारण मात्रै होइन, बाँकेबाट आउने नागरिकका कारण पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिने खतरा बढेको छ’ उनी भन्छन्, ‘संक्रमितको संख्या बढदै गइरहेको, भारतको सीमाबाट नेपाल फर्किने क्रम बढिरहेको, प्रदेश अस्पतालमा अक्सिजनको स्टक सीमित भएकोमा सुधार गर्न, धेरै भीडभाड हुँदै आएका कारण त्यसलाई रोक्न निषेधाज्ञा जारी गरेका हौं ।’

उनले अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र ठप्प रहने बताए । प्रशासनका अनुसार एम्बुलेन्स, शवबाहन, दलकल, झण्डावाल सरकारी र निलो प्लेटका सवारी साधनहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधनहरु मात्रै सञ्चालनमा आउनेछन् । यस्तै , दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दुध, ग्याँसका पसल बिहान ६ बजेदेखि नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा वैशाख २१ गते राति १२ बजेसम्म लागू हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *