गण्डकीमा कोरोनाबाट थप २ को मृत्यु – Nepal Press

गण्डकीमा कोरोनाबाट थप २ को मृत्यु

पोखरा । गण्डकीमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १-१ जना छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का ८३ वर्षीय पुरुष छन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, मंगलबार मृत्यु गोरखा, पालुङटार ५ का ६७ वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर