सोमबार ३,५५६ संक्रमित थपिए, १२ जनाको मृत्यु – Nepal Press

सोमबार ३,५५६ संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं । सोमबार मुलुकमा ३,५५६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २९३ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

३७८ जना निको भएका छन् । २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या २२ हजार ४३४ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । मृतक संख्या ३ हजार १७६ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर