बैंकिङ क्षेत्रका गुनासो सुन्न राष्ट्र बैकले ल्यायो छुट्टै पोर्टल – Nepal Press

बैंकिङ क्षेत्रका गुनासो सुन्न राष्ट्र बैकले ल्यायो छुट्टै पोर्टल

काठमाडौं । नेपालका बैंक तथा वित्तीय सेवाले प्रदान गर्ने सेवा मन नपरेमा ग्राहकहरुले अब अनलाइन मार्फत नै नेपाल राष्ट्र बैंकमा गुनासो गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले छुट्टै पोर्टल http://gunaso.nrb.org.np/info ग्राहकले गुनासो गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वित्तीय सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था वा एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ सेवा प्रदान नगरेमा उक्त पोर्टल मार्फत उजुरी गर्न सकिने भएको हो ।

व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय सेवाको सुनिश्चितता गरी ग्राहकको हित संरक्षण गर्न उक्त र्पोटल निर्माण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको उक्त पोर्टलमा गइ गुनासो दर्ता गराउन सकिनेछ । दर्ता भएको गुनासो र दर्ता नम्बर इमेल मार्फत प्राप्त हुनेछ । उक्त दर्ता नम्बर मार्फत पेस गरिएको गुनासो बारे जानकारी प्राप्त गर्न सकिने छ भने दर्ता भएका गुनासोको अन्तिम निर्णय इमेल मार्फत नै गराइने ब्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

उद्देश्य १ वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्युनीकरण गर्न

२. वित्तीय सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान वित्तीय मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गर्ने ।

३. वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप संकलन, कर्जा प्रवाह, कर्जा असुली लगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई न्यूनीकरण गर्ने ।

४. वित्तीय कारोवार गर्ने ग्राहकको मनोबल उच्च राखी वित्तीय क्षेत्र प्रतिको विश्वास कायम राख्ने ।

५. वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानुन, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउने ।

६. गुनासो सुनुवाई प्रक्रियालाई सहज र पारदर्शी बनाउने ।

७. वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानुन, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउने ।

८. वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानुन, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *