राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त – Nepal Press

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त गरेकी छन् ।

न्याय परिषद्ले सिफारिस गरेका मुख्य न्यायाधीशहरू झापाका कुमार चुँडाल र म्याग्दीका नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्यायपरिषद्को फागुन २८ को बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

यसअघि वैशाख ३ मा संसदीय सुनुवाइबाट दुवैको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको थियो ।

नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट भने सर्वोच्चले चैत ३० मा खारेज गरेको थियो ।

सर्वोच्चले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सो भन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत प्रष्ट्याएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर