आइतबार पनि सुनको मूल्यमा वृद्धि, आजको मूल्य कति ? – Nepal Press

आइतबार पनि सुनको मूल्यमा वृद्धि, आजको मूल्य कति ?

काठमाडौं । गत हप्तादेेिख बढीरहेको सुनको मूल्यले आफ्नो उचाइ कायम राख्दै गएको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज चाँदी तोलाको १३ सय रुपैयाँ कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर