नहकुल सुवेदी र कुमार चुँडाल सर्वोच्चको न्यायाधीशका लागि संसदीय सुनुवाइबाट अनुमोदन – Nepal Press

नहकुल सुवेदी र कुमार चुँडाल सर्वोच्चको न्यायाधीशका लागि संसदीय सुनुवाइबाट अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदी र कुमार चुँडाल संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् ।

शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको हो ।

यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवैजनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो ।

समितिमा प्रस्तावित न्यायाधीश कुमार चुँडालविरुद्ध दुई र नहकुल सुवेदीविरुद्ध पाँच वटा उजुरी परेको थियो ।

नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट सर्वोच्च अदालतले चैत ३० मा खारेज गरेको थियो ।

सर्वोच्चले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सो भन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत प्रष्ट्याएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर