ओली-प्रचण्ड टेलिफोन वार्ता, बालुवाटारमा भोलि सर्वदलीय बैठक – Nepal Press

ओली-प्रचण्ड टेलिफोन वार्ता, बालुवाटारमा भोलि सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

बैठकमा निम्ता दिनकै लागि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेको बताइएको छ ।

प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रमबाट हिडेका प्रचण्डसँग ओलीको पुनः टेलिफोनमै कुरा भएको छ । प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार विहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बोलाइएको पुष्टि गरे । त्यसै सन्दर्भमा प्रचण्ड लगायत आफूले कुरा गर्नुपर्ने नेताहरुसँग प्रधानमन्त्रीको कुराकानी भएको थापाले बताए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न माओवादी केन्द्र र जसपाको बाबुराम उपेन्द्र पक्षको दबाबपछि कांग्रेस सभापति शेरवहादुर देउवाले पहल लिइरहेका बेला ओलीले राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
लामो समयपछि हुन लागेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । यसबीचमा जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्रीसँग निरन्तर संवादमा छ । दुवै पक्ष सहमति नजिक पुगेका छन् ।
प्रदेशमा एमालेका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वास प्रस्ताव आइरहेका बेला यो बैठक बोलाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर