सर्वोच्चको न्यायाधीशमा प्रस्तावित दुईजनामाथि संसदीय सुनुवाइ शुरू (भिडियो) – Nepal Press

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित दुईजनामाथि संसदीय सुनुवाइ शुरू (भिडियो)

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुँडालमाथि संसदीय सुनुवाइ शुरू भएको छ ।

संसदीय सुनुवाइ समितिले न्यायपरिषद्‍द्वारा प्रस्तावित दुवैजनालाई बोलाई सुनुवाइका लागि छलफल थालेको हो ।

यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवैजनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो ।

समितिमा प्रस्तावित न्यायाधीश कुमार चुँडालविरुद्ध दुई र नहकुल सुवेदीविरुद्ध पाँच वटा उजुरी परेको छ ।

यसअघि नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट सर्वोच्च अदालतले चैत ३० मा खारेज गरिसकेको छ ।

सर्वोच्च अदालतले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सो भन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत प्रष्ट्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर