रुरु जलविद्युतको आईपीओ बाँडफाँट – Nepal Press

रुरु जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं । रुरु जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । रुरुले गत चैत २० देखि २४ गतेसम्म खुलाएको आईपीओको बाँडफाँट भएको हो ।

विक्री प्रवन्धकका रुपमा रहेको एनएमबी क्यापिटलले  आज आफ्नै प्राङ्गडमा आईपीओ बाँडफाँट गरेको हो । रुरुको आईपीओ ३७ हजार ९१६ जनाले हात पारेको छन् । सबैले १० कित्ता हात पारेका छन् ।

आईपीओमा १६ लाख ६९ हजार १९ जनाले २ करोड ३३ लाख ९० हजार ९० कित्ताका लागि आवेदन दिएका थिए । यो मागभन्दा ६१ गुणाले बढी हो ।
कम्पनीले सर्वसाधारणका लागि ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गरेको थियो । कुल वित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम २० रुपैयाँमा थप गरी प्रतिकित्ता १२० रुपैयाँमा आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा गे्रड ३ रेट्रि प्रदान गरेको थियो । आईपीओ जारी गरेसँगै कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर