मुख्यमन्त्री भन्छन्- काठमाडौंमा रिसाएको बिरालो पोखरा आएर खाँबो चिथोर्दैछ (भिडियो) – Nepal Press

मुख्यमन्त्री भन्छन्- काठमाडौंमा रिसाएको बिरालो पोखरा आएर खाँबो चिथोर्दैछ (भिडियो)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले काठमाडौंमा रहेका माओवादी लगायत विपक्षी दलका शीर्ष नेताले केपी ओलीलाई केही गर्न नसकेपछि त्यसको रिस पोखरा आएर आफूमाथि पोख्न खोजेको टिप्पणी गरेका छन् ।

आफूविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्तापछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले कुनै कारणबिना केन्द्रको राजनीतिका रिस प्रदेशममा पोख्न खोजिएको बताए । उनले आफूविरुद्धको अविश्वास प्रस्तावलाई प्रतिगमनको संज्ञा दिए ।

गुरुङले भने- काठमाडौंमा रिसाएको बिरालोले पोखरामा आएर खाँबो चिथोरेको जस्तै हो । केन्द्रको राजनीति यता नगरौं । हटाउने भए संघीय सरकार नै हटाए भयो त । म केपी ओलीको नजिक भएँ भन्दैमा हटाउने रे । नजिक त एकजनासँग भइन्छ नि ।

गुरुङले अविश्वासको प्रस्तावलाई आफूले स्वभाविक रुपमा लिएको भन्दै त्यसलाई पास गरेर देखाउन विपक्षी गठबन्धनलाई चुनौति दिए । राष्ट्रिय जनमोर्चाबाहेकको तीन दलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । तर जनमोर्चाको समर्थनबिना प्रस्ताव पारित हुन्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर