‘फास्ट एन्ड फ्युरियस-९’ ट्रेलर रिलिज, नेपालमा असार ११ गते प्रदर्शन तयारी – Nepal Press

‘फास्ट एन्ड फ्युरियस-९’ ट्रेलर रिलिज, नेपालमा असार ११ गते प्रदर्शन तयारी

काठमाडौं । हलिउडको बहुप्रतीक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । नेपाल र भारतमा असार ११ गते (२५ जुन)मा फिल्म रिलिज लक्ष्य राखिएको छ ।

तर, फिल्मको रिलिज चाहिँ कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि हुने प्रतिबन्धका नियमहरुमा निर्भर हुनेछ । यो एक्सन फिल्मलाई जस्टिन लीनले निर्देशन गरेका हुन् ।

भाइरस महामारीको कारण यो फिल्म सरेको थियो । चार मिनेट लामो ट्रेलरमा एक्सन-प्याक्ड दृश्य समावेश गरिएको छ । भीन डिजेल, जोन सेना, मिसेल रोड्रिग्युजको मुख्य भूमिका छ ।

नेपाल, भारत र अमेरिकामा एकसाथ फिल्म रिलिजको योजना छ । दक्षिण कोरियामा चाहिँ मे १९ मा प्रदर्शन तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर