
फोटो फिचर
सिन्दूर जात्रामा रंगियो भक्तपुर
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी यतिखेर सिन्दूर जात्राको रमझममा भुलेको छ । कोरोना संक्रमणको जोखिमका बावजुद प्रत्येक वर्ष नयाँ वर्षको शुरूआतजस्तै यो वर्ष पनि जात्रामा भीड देखियो ।
बिस्केट (बिस्काः) जात्राको अवसर पारेर ३२ खटसहितको सिन्दूर जात्रा मनाइने गरिएको छ ।
स्थानीयका अनुसार देवता खटमा राखी धिमेबाजाका साथ जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर र फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
भुस्याबाजा, कायाबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर परिक्रमा गराइन्छ ।
केही वर्षयता भने खटको संख्यामा कमी हुँदै आएको छ ।
सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरू हुन्छ ।
प्रकाशित: २०७८ वैशाख २ गते ११:२२