कर्णाली प्रदेशसभाको कार्यव्यवस्था समिति बैठक बस्दै – Nepal Press

कर्णाली प्रदेशसभाको कार्यव्यवस्था समिति बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो दुई बजे बस्दैछ । बैठकले भोलि दिउँसो बस्ने प्रदेशसभा बैठकका एजेण्डाबारे निर्णय गर्नेछ ।

प्रदेश सभा सचिब जिबराज बुढाथोकीका अनुसार भोलिको बैठकमा सरकारका दुई अध्यादेश सदनमा प्रस्तुत हुनेछन भने राजनीतिक दलका नेताहरुले सम्बोधन पनि गर्नेछन् । त्यसका अलावा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सदनमा पेश गरेको विश्वासको मत माथि मत बिभाजनका आधारमा निर्णय हुनेछ ।

प्रदेश सभामा एमालेका २०, माओवादीका १२ कांग्रेसका ६ र राप्रपाका १ सदस्य छ्न् । ४० सदस्यीय प्रदेश सभामा माओवादीका धर्मराज रेग्मी पदमुक्त भइसकेका छन । आफूसँग १२ सांसद रहे पनि मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर