राष्ट्र बैंकको दुई विभाग पुल्चोकबाट बालुवाटार स्थानान्तरण – Nepal Press

राष्ट्र बैंकको दुई विभाग पुल्चोकबाट बालुवाटार स्थानान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकको पुल्चोकस्थित रहेका दुई ओटा विभाग वालुवाटारमा सारिएको बैंकले जानकारी दिएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा रहेको सुपरिवेक्षण र आन्तरिक लेखा परीक्षण विभाग बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा सरेको हो ।

चैत ३१ गते सरेको विभागले अबदेखि सोही स्थानबाट आफ्ना सम्पूर्ण काम गर्ने बैंकले जनाएको छ । २०७२ सालमा भूकम्पले वालुवाटार र थापाथालीस्थित राष्ट्र बैंकको भवन भत्काइदिएपछि बैंकले दुवै ठाउँमा अत्याधुनिक भवन निर्माण गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर