ट्विप्लोमेसी : राजदूतहरूले दिए नेपाली भाषामा शुभकामना – Nepal Press

ट्विप्लोमेसी : राजदूतहरूले दिए नेपाली भाषामा शुभकामना

काठमाडौं । नेपालस्थित शक्ति राष्ट्रका राजदूतहरूले नेपाली नयाँ बर्ष २०७८ को शुभकामना नेपाली भाषामा दिएका छन् ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले बिहान ६:१० मा नेपाली भाषामा नयाँ वर्षको शुभकामना दिएका छन् । चिनियाँ राजदूत होउ यान्छीले ८:२८ मा नेपाली भाषामै शुभकामना दिइन् ।

आफ्नो दूतावासको तर्फबाट दिएको शुभकामनाको भाषा दुवै राजदूतको उस्तै छ। अरुबेला नेपाली भाषामा थुप्रै ट्वीट गर्ने बेलायती राजदूत निकोला पोलिटले भने शुभकामना लेखेकी छैनन् । यो सामाग्री तयार गर्दा सम्म उनको ट्विटर पछिल्लो ४ दिनदेखि निष्क्रिय छ।

जर्मनीका राजदूत रोलान्ड साफेरले भने अंग्रेजी भाषामै शुभकामना दिएका छन् । बिहान १०:१६ मा उनले सुभकामना दिएका हुन् ।

नेपालमा राजदूतहरुको ट्विप्लोमेसी (ट्वीटरमार्फत हुने डिप्लोमेसी) लोभलाग्दो छ। शक्ति राष्ट्रका सबैजसो राजदूतको ट्विप्लोमेसी भएपनि भारतीय राजदूत भने यो रेसमा छैनन् ।

दूतावासकै ट्वीटर ह्यान्डलबाट भारतीय ट्विप्लोमेसी हुन्छ। भारतीय दूतावासले यो सामाग्री तयार गर्दासम्म नेपाली नयाँ वर्षको शुभकामना दिएको छैन ।

यो पनि पढ्नुस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *