कांग्रेससँग कुरा नमिलेको जसपा नेताहरुको भनाइ, महन्थ सहभागी कार्यक्रम मुख्यमन्त्रीबाटै बहिस्कार – Nepal Press

कांग्रेससँग कुरा नमिलेको जसपा नेताहरुको भनाइ, महन्थ सहभागी कार्यक्रम मुख्यमन्त्रीबाटै बहिस्कार

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनको हलो कांगेसले अड्काएको आरोप लगाएका छन् । जसपाकै केही नेताले भने संघीय सरकारको नेतृत्व लिन पार्टीले पहल गर्ने समेत घोषणा गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा मंगलबार जनकपुरस्थित मधेस भवनमा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान समारोहमा जसपा नेताहरुले सरकारको नेतृत्व लिने संकेत गरेका हुन् । जसपा अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनको हलो कांग्रेसले अड्काएको आरोप लगाए ।

उनले प्रश्न गरे, ‘जसपाले हलो अड्काएको हो भने नेतृत्व गरेर अगाडी बढ्न कांग्रेसलाई कसले रोेकेको छ ? आफ्नो माग नगदमा सम्बोधन गर्ने शक्तिसँग मात्र सम्झौता हुने उनले स्पष्ट गरे ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि अध्यक्ष ठाकुरको बोलीमा समर्थन गरे । उनले कांग्रेसले आफूहरुको माग पुरा गर्न नचाहेको तर सहयोगको अपेक्षा राख्दा सहमति हुन नसकेको धारणा राखे ।

जसपा नेता शरतसिंह भण्डारीले सरकारको नेतृत्व सम्हालेर अहिलेको संकट समाधान गर्न जसपा तयार रहेको बताए । उनले अहिले केपी शर्मा ओलीसँग नभएर राज्यसँग वार्ता चलिरहेको र राज्य माग सम्बोधन गर्न तयार रहेको बताए । उनले सरकारमा जाने र नजाने विषयमा पार्टी एकढिक्का भएर मात्र निर्णय लिने पनि बताए ।

शुभकामना आदान-प्रदान तथा चियापान समारोहको आयोजना प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको अगुवाइमा भयो । तर पूर्व समाजवादीका मन्त्री र नेताहरु उपस्थित भएन् । स्रोतका अनुसार आफूलाई प्रमुख अतिथि नराखेर पार्टी अध्यक्षलाई बोलाइ गुटबन्दी गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रम बहिष्कार गरे ।

कुनै गुटको नभई  शुभकामना आदान-प्रदान कार्यक्रम गरेको मन्त्री सोनलले दाबी गरे । उनले भने,‘कार्यक्रममा सबै मन्त्री, राज्यमन्त्री, विपक्षी दलका नेता, सबै प्रदेश सांसद, नेताहरु र विशिष्ट व्यक्तिलगायतलाई निमन्त्रणा गरेको थिए । जो आउनुभो उहाँलाई धन्यवाद । कार्य व्यस्तताले उपस्थित हुन नसकेकालाई पनि धन्यवाद ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर