हालसम्मकै उच्च विन्दु कायम गर्दै वर्षलाई विदाइ गर्‍यो नेप्सेले – Nepal Press

हालसम्मकै उच्च विन्दु कायम गर्दै वर्षलाई विदाइ गर्‍यो नेप्सेले

काठमाडौं । वर्षको कारोबारको अन्तिम दिन नेप्से परिसूचकले सुखान्त नै यो वर्षलाई अन्त्य गरेको छ । २०७७ साल नेप्से कारोबारका लागि शुभ वर्ष नै भएर आयो । र, शुभ नै संकेत गर्दै वर्षलाई विदाइ पनि गरेको छ ।

आज भएको कारोबारमा नेप्से परिसूचक २३.२३ अंकले वृद्धि हुँदै अहिलेसम्म कै उच्च २७१४.७९ विन्दुमा पुगेको छ । आज भएको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ताको कारोबारमा ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सार्वधिक कारोबार नबिल बैंकको भएको छ । नबिल बैंकको २८ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, नेपाल बैंक लिमिटेटको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, आज पाँच ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर