बिना भेदभाव विज्ञापन वितरण प्रणाली बनाउन मन्त्री गुरुङको निर्देशन – Nepal Press

बिना भेदभाव विज्ञापन वितरण प्रणाली बनाउन मन्त्री गुरुङको निर्देशन

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले मंगलबार पदभार ग्रहण गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पार्वत गुरुङले हुमागाईलाई चार वर्षका लागि बोर्ड अध्यक्ष नियुक्तिको पत्र दिएका हुन् ।

मन्त्री गुरुङ विज्ञापन वितरण प्रणाली संवेदनशील विषय भएको र यसमा बिना भेदभाव कार्य सम्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने बताए । पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाँईले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने बताए ।

केन्द्र, प्रदेश तथा स्थानीय स्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि हुमागाईले बताए ।

यसअघि मन्त्रालयका सहसचिव डिल्लिराम अधिकारीले बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । बोर्डको सदस्यमा बन्दना दनुवार, शुभशंकर कडेल, महेन्द्र शेरचन, बलराम थापाले यसअघि नै नियुक्ति पाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर