वर्षको अन्तिम दिन प्रि–ओपन समयमा नेप्से साढे ६ अंकले बढ्यो – Nepal Press

वर्षको अन्तिम दिन प्रि–ओपन समयमा नेप्से साढे ६ अंकले बढ्यो

काठमाडौं । वर्षभरिको कारोबारको अन्तिम दिन नेप्से परिसूचक प्रि ओपन समयमा करीब साढे ६ अंकले बढेको छ ।

२६९१.५६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ६.५२ अंक बढेर २६९८.०७ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४७ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५६ कम्पनीको १ करोड ९ लाख ४५ हजार ३५ रुपैयाँ बराबरको १९ हजार ९६९ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयर सो सेसनमा स्थिर रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर