कोरोना जोखिमका बीच पाहाँ च:ह्रे जात्रामा रम्यो असन (भिडियो) – Nepal Press

कोरोना जोखिमका बीच पाहाँ च:ह्रे जात्रामा रम्यो असन (भिडियो)

निशान्त सिंह गुरुङ्ग २०७७ चैत ३० गते १७:४८
२०७७ चैत ३० गते १७:४८

काठमाडौं । काठमाडौंको असन क्षेत्रमा पाहाँ च:ह्रे जात्रा मनाइएको छ ।

कोरोना महामारीका कारण गत वर्ष यहाँ खुलेर जात्रा मनाउन पाएका थिएनन् । कोरोनाको दोस्रो लहरको जोखिम बढिरहँदा बाक्लो संख्यामा भेला भएर स्थानीय जात्रा मनाएका छन् ।

जात्रामा अजिमा दिदीबहिनी लुमधि अजिमा, तेबहाल अजिमा र कङ्ग अजिमालाई असनमा भेट गराइएको छ ।

फरक-फरक टोपी र टिसर्ट लगाएकाहरू चोकमा भेला भएर तीनवटा खट जुधाई एकअर्कामा आदर र सम्मान प्रकट गरिएको छ ।

जात्राका क्रममा घरघरबाट फ्याँकिएको चटामरी पाउनेलाई लाभ हुने जनविश्वास छ ।