नेपालमा आज एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु, ५५९ संक्रमित थपिए – Nepal Press

नेपालमा आज एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु, ५५९ संक्रमित थपिए

काठमाडौं । कोरोनाभाइरसबाट नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् । २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार १०५ परीक्षण गरिएको छ । जसमा ४,३७८ पीसीआर र ७२७ एन्टीजेन परीक्षण भएको छ ।

कूल संक्रमित संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । कूल मृतक संख्या ३०५३ पुगेको छ । २४ घण्टामा १३८ जना निको भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर