कार्यकर्तालाई माधव नेपालको ढाडस- जित निश्चित छ, आत्मविश्वासका साथ अघि बढौं (सर्कुलरसहित) – Nepal Press

कार्यकर्तालाई माधव नेपालको ढाडस- जित निश्चित छ, आत्मविश्वासका साथ अघि बढौं (सर्कुलरसहित)

काठमाडौ। नेकपा (एमाले) को माधव नेपाल पक्षले आन्तरिक सर्कलुर जारी गर्दै आफूहरुको जित निश्चित भएको उल्लेख गरेको छ ।

नेपालको हस्ताक्षरमा जारी सर्कुलरमा भनिएको छ, ‘आत्मविश्वासका साथ हामी सबै अघि बढौं । जित हाम्रो निश्चित छ ।’

चैत ४ र ५ गते गरिएको छुट्टै भेला, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरू समेटेर सर्कुलर पठाइएको हो ।

सर्कुलरमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट पारित नीति र विधि अनुसार नचलेको आरोप समेत लगाइएको छ।

हेर्नुहोस् सर्कुलर :


प्रतिक्रिया

One thought on “कार्यकर्तालाई माधव नेपालको ढाडस- जित निश्चित छ, आत्मविश्वासका साथ अघि बढौं (सर्कुलरसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर