पाल्पामा कोरोना संक्रमणबाट महिलाको मृत्यु – Nepal Press

पाल्पामा कोरोना संक्रमणबाट महिलाको मृत्यु

रुपन्देही । कोरोना संक्रमणबाट उपचारको क्रममा पाल्पामा एक महिलाको मृत्यु भएको छ ।तानसेन नगरपालिका वडा नंं ३ की ७२ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक महिला स्थानीय माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक हुन् । संक्रमणपछि घरमै आराम गरेकी ती महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । पाल्पामा कोरोना संक्रमणको कारण ३८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर