शिक्षण संस्था बन्द नगर्न प्याव्सनको आग्रह – Nepal Press

शिक्षण संस्था बन्द नगर्न प्याव्सनको आग्रह

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढदै गएको भन्दै सरकारले शिक्षण सस्था बन्द गर्ने तयारी गरेपछि निजी लगानीका विद्यालयको छाता संगठन (प्याब्सन)ले असन्तुष्टि जनाएका छन् ।

निजी लगानीका विद्यालयहरुको छाता संगठनको नाताले निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन, नेपाल (प्याव्सन)ले विज्ञप्ति जारी गदै यसअघि विद्यालय बन्द गरेर कोरोना रोक्न नसकेको भन्दै विद्यालय बन्द गर्न नगर्न सरकार समक्ष आग्रह गरेका छन् ।

कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागि मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गर्न समेत माग गरेका छन् ।

सरकारकै केहि निकायहरुले विद्यालयहरु भौतिक रुपमा बन्द गराई अनलाईनबाट पठनपाठन जारी राख्ने भने सिसिएमसीलाई सिफारिस गरिएको प्रति आपत्ति जनाएको विज्ञप्तिमा भनिएको छ ।

आफ्ना सदस्य विद्यालयहरुलाई स्वास्थ्य सावधानीका पूर्ववत उपायहरु अनिवार्य र कडि कडाउका साथ अपनाई पठनपाठनका साथै अन्य गतिविधि सञ्चालन गर्न गराउन गत १९ गते नै आन्तरिक परिपत्र समेत जारि गरि सकिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘नेपालको भौगोलिक विकटता, अभिभावकहरुको आर्थिक तथा सामाजिक अवस्था, ईन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरुको प्राविधिक दक्षता जस्ता कारणले नेपालको सामुदायिक तथा सार्वजनिक शिक्षालयमा मात्र नभएर निजी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुको पनि ५०% क्षेत्र अनलाईन शिक्षाले समेट्न नसक्ने कुरा विगतको बन्दावन्दीमा गरिएको प्रयोगले प्रमाणित गरि सकेको छ ।’
विगतको बन्दावन्दी पश्चातः विद्यालय सञ्चालन गर्न सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसंग छलफल समेत गरि तयार गरेको कार्यढांचा अनुसार शिक्षालयहरुका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको अध्यक्ष टीकाराम पुरीले बताए ।

उनले भने,‘आवश्यकता अनुसार शिक्षालयहरुमा तातो पानी, स्वास्थ्यकर्मी, स्यानिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । ’

याव्सनले शिक्षालयहरुमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न अनुरोध गरेको छ ।

कोरोना संक्रमण र यसको प्रभाव न्यूनीकरणका लागि सरकारले तयार गरेको स्वास्थ्य सावधानी सम्बन्धी उपायहरुलाई हरेक क्षेत्रमा कडि कडाउका साथ लागू गर्न गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारका सम्बन्धित निकायहरुलाई जिम्मेवारी सहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।

सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न सबै शिक्षक–कर्मचारीहरुलाई प्याव्सनले अनुरोध गरेको छ ।

आ–आफ्ना बालबालिकाहरुलाई संक्रमणबाट जोगिन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दुरीको अवलम्बनका साथै स्वास्थ्यवर्धक खानपिन गराउन प्याब्सनले अभिभावकलाई आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *