दैलो-दैलो पुगेर खानेकुरा डेलिभरी गर्दै ज्योति मगर ! – Nepal Press

दैलो-दैलो पुगेर खानेकुरा डेलिभरी गर्दै ज्योति मगर !

काठमाडौं । पछिल्लो समय नाम चलेका सेलेव्रिटी अनलाइन व्यापारका गतिविधिमा सक्रिय हुन थालेका छन् । खानेकुरा डेलिभरी गर्ने अनलाइन सेवा प्रदायकले कलाकारलाई लिएर व्यापार प्रवद्र्धन गर्न थालेका छन् ।

लकडाउनअघि ऋचा शर्मा, प्रियंका कार्की र केकी अधिकारीले फिल्म प्रवद्र्धन गर्न फुड डेलिभरी गर्ने काइदा निकालेका थिए । सहरमा नयाँ खुलेका अनलाइन फुड डेलिभरी गर्ने सेवाले यिनै कलाकारलाई लिएर व्यापार गरिरहेका छन् ।

यो मेसोमा थपिएकी छिन् गायिका ज्योति मगर । आफ्ना हट अवतारले चर्चित गायिका मगर पछिल्लो समय फुडगञ्ज नामक अनलाइन फुड डेलिभरी सेवासँग जोडिएकी छिन् । ज्योतिले अर्डरको आधारमा ग्राहकको दैलो–दैलोमा पुगेर खानेकुरा वितरण गरिरहेकी छिन् ।

काठमाडौंं, भक्तपुर र ललितपुरमा सेवा गर्दै आइरेहको फुडगञ्जले अर्डरलाई ग्राहकको दैलोमा लैजान ज्योतिलाई खटाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर