छाउनी संग्रहालयमा पहिलोपटक राष्ट्रध्यक्षको अवलोकन – Nepal Press

छाउनी संग्रहालयमा पहिलोपटक राष्ट्रध्यक्षको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छाउनीस्थित राष्ट्रिय संग्रहालयको भ्रमण गरि ऐतिहासिक सम्पदाहरुको संरक्षणमा चासो राखेकी छन् ।

भूकम्पपछि पुननिर्मित संरचनाहरुको समेत निरीक्षण भएको संग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिएका छन् । छाउनीस्थित संग्रहालयको भ्रमण राष्ट्राध्यक्षले गरेको यो पहिलो पटक भएको उनले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपतिले अहिलेसम्म संग्रहालय राष्ट्राध्यक्षबाट किन उपेक्षित भयो भन्ने जिज्ञासा समेत रहेको उनले बताए । राष्ट्रपति भण्डारीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयनन्त्री भानुभक्त ढकालले समेत संग्रहालयको अवलोकन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर