एपिएफले जित्यो मेयर वुमेन्स च्याम्पियन्सिपको उपाधि


काठमाडौं । सुदूर-पश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफले मेयर वुमेन्स च्याम्पियन्सिपको उपाधि जितेको छ ।
शनिबार भएकाे फाइनलमा टस जितेर ब्याटिङ गरेको सुदूर-पश्चिम प्रदेशले १०७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उभिएको एपिएफले १८.२ ओभरमा २ विके६ गुमाएर लक्ष्य पूरा गर्यो ।
एपिएफको लागि ज्योति पाण्डेले ३६, कप्तान सीता रानामगरल २७, इन्दु बर्मा १९ र ममता चौधरीले १५ रन जोडे
प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्ने क्यानले बताएको छ ।
त्यस्तै, प्लेयर अफ दी सिरिजले २५ हजार र विधागत- ब्याटिङ र बलिङतर्फ उत्कृष्ट खेलाडीले १५/१५ हजार पाउने छन् ।