दुर्घटनामा बालकको मृत्युपछि स्थानीय आन्दोलित, सडक अवरुद्ध – Nepal Press

दुर्घटनामा बालकको मृत्युपछि स्थानीय आन्दोलित, सडक अवरुद्ध

कैलाली । कैलालीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत स्याउलेमा स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएपछि उनका परिवार तथा आफन्तहरूले सडक अवरुद्ध गरेका हुन् ।

जिल्लाको गोदावरी नगरपालिका–८ स्याउलेमा शुक्रबार साझ मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालक आयुष जोशी घाइते भएका थिए । उपचारका क्रममा शनिवार बिहान उनको मृत्यु भएको हो ।

बालकलाई ठक्कर दिने मोटरसाइकल र चालकको अझै सम्म पहिचान हुन सकेको छैन ।

मोटरसाइकल र चालकको पहिचान गरी कारबाहीको माग राख्दै मृतक बालकका परिवार तथा आफन्तहरूले सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर