टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित हुँदैन : सञ्चारमन्त्री गुरुङ – Nepal Press

टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित हुँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको पुनरसंरचना गर्नुपर्ने बताएका छन् ।

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुनरसंरचना गर्नुपर्ने बताए ।

त्यसका लागि आफू तयार रहेको पनि बताए । मन्त्री गुरुङले नयाँ आर्थिक वर्षमा नयाँ ढंगले नेपाल टेलिकमको रुपान्तरण गर्ने प्रस्ताव ल्याउन कर्मचारीहरूलाई निर्देशन पनि दिए ।

टेलिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेकोले त्यसबाट आफ्नो अधिकार खोसिन लाग्यो भनेर नआत्तिन पनि कर्मचारीहरूलाई आग्रह गरे ।

कुनै कर्मचारीले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने कार्यलाई रोक्ने प्रयास गरे सरकारले कर्मचारीलाई सहयोग नगर्ने पनि स्पष्ट पारे ।

टेलिकम भित्र पार्टीगत रुपमा संगठन निर्माण नगर्न पनि कर्मचारीहरूलाई निर्देशन दिए । पार्टीगत रुपमा राजनीति गर्ने भन्दा समग्रमा टेलिकमको हितमा सोच्न पनि आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर