चेम्बरमा राजेशकाजीको विरासतको अन्त्य, राजेन्द्र बने नयाँ अध्यक्ष – Nepal Press

चेम्बरमा राजेशकाजीको विरासतको अन्त्य, राजेन्द्र बने नयाँ अध्यक्ष

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्।

कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् ।

उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् ।

कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण गरिसकेको चेम्बरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर