गण्डकी प्रदेश: विकासमन्त्री बस्नेतलाई कानुन मन्त्रालयको पनि जिम्मेवारी, कृषि मन्त्रालय मुख्यमन्त्रीले नै राखे – Nepal Press

गण्डकी प्रदेश: विकासमन्त्री बस्नेतलाई कानुन मन्त्रालयको पनि जिम्मेवारी, कृषि मन्त्रालय मुख्यमन्त्रीले नै राखे

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जिम्मेवारी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नै लिएका छन् ।

बुधबार माओवादी केन्द्रका हरिबहादुर चुमानले आन्तरिक मामिला तथा कानुन मन्त्री र लेखबहादुर थापामगरले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट राजीनामा दिएका थिए । उनीहरुले राजीनामा दिएपछि पद रिक्त रहेको थियो ।

माओवादी केन्द्रले आफ्ना २ मन्त्री फिर्ता बोलाए पनि समर्थन फिर्ता लिएको छैन ।

मन्त्री बस्नेतले आजै पदभार ग्रहण गरेका छन् । उनी नेकपा एमालेबाट गोरखा निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर