महासंघको मतगणना जारी : विपुल ११६० मतले अगाडि (सूचीसहित) – Nepal Press

महासंघको मतगणना जारी : विपुल ११६० मतले अगाडि (सूचीसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघको जारी मतगणनाको पछिल्लो अपडेट केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

जसअनुसार केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले १ हजार १ सय ६० मतले अग्रता हासिल गरेका छन् । पोखरेलको २ हजार ५ सय ८० आउँदा प्रतिस्पर्धी निर्मला शर्माले १ हजार ४ सय २० मत प्राप्त गरेकी छिन् ।

अध्यक्षका अन्य प्रत्याशी गजेन्द्रसिंह बुढाथोकीले १ सय १९ मत ल्याउँदा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका रामप्रसाद दाहालको ३५ मत आएको छ ।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा कलेन्द्र सेजुवालको अग्रता कायम छ ।

जारी मतगणनामा केन्द्रीय समितिको पदाधिकारी र खुलातर्फका सबै पदमा पोखरेल नेतृत्वको प्यानलका उम्मेदवारहरुले अग्रता हासिल गरेका छन् ।

पछिल्लो मत परिणाम हेर्नुहोस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर