पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण – Nepal Press

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त भएका चार मन्त्रीको आजै पुनर्नियुक्ति र सपथ हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका चारै जनालाई पुनर्नियुक्ति गर्न लागेका हुन्।

उनीहरुको दिउँसो ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो।

६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन्। उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ।

उनीहरुलाई पहिलेकै मन्त्रालयमा नियुक्त गरिएको हो । जस अनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति , साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पुनर्नियुक्त हुन लागेका हुन्।

भट्ट ३ फागुन २०७६ मा केपी शर्मा ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन् । रायमाझी, साह र चौधरी भने प्रनिनिधिसभा विटनपछि १० पुसमा पुर्नगठितमन्त्रिपरिषद्मा सदस्य बनेका थिए।

त्यही बेला माओवादी बाट गएका मन्त्रीचन्द्र थापा पनि खानेपानी तथा सरसफाई मन्त्री नियुक्त भएका थिए । थापा भने बिना सांसद मन्त्री भएकाले नियुक्त भएको अवधिदेखी ६ महिनासम्म मन्त्री हुन पाउने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर