सत्ता समीकरणमा बल्ल देउवाको अग्रसरता, बोलाए तीन दलको बैठक – Nepal Press

सत्ता समीकरणमा बल्ल देउवाको अग्रसरता, बोलाए तीन दलको बैठक

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि कसरत थालेका छन् ।

पार्टीभित्र र माओवादी केन्द्रबाट समेत दबाबमा परेका देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका छन् ।

देउवाले माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुसँग बैठक गर्न लागेका हुन् । माओवादी अध्यक्ष प्रचण्ड देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आएका छन् ।

माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रष्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । देउवा भने ओलीको विपक्षमा संसदमा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहेका छैनन् ।

जसपाभित्र प्रष्ट दुई धार देखिएको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेर नयाँ सत्ता समिकरणमा अग्रसरता लिने निर्णय गरिसकेको छ ।

केन्द्रीय समितिको शुक्रबार बस्ने बैठक स्थगित गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनका विकल्पबारे छलफल सुरु गर्न लागेका हुन् । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बिहीबार साँझ निकटस्थ नेताहरुसंग परामर्श गरेका थिए ।

केन्द्रीय समिति बैठकबाट सरकारको नेतृत्व गर्ने निर्णय लिएको एक साता बितिसकेकोले अन्तरपार्टी छलफल गर्न नेताहरुले देउवालाई सुझाएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबार बस्ने तीन दलको बैठकमा केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्ने, अविश्वास प्रस्ताव, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर