कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित – Nepal Press

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक आगामी ३० गते बस्ने गरी स्थगित भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भोलिका लागि बोलाइएको बैठक चैत ३० गते २ बजे बस्नेगरी मिति तोकिएको जानकारी गराएका हुन् ।

यसअघिको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर