चार मन्त्रीको सांसद पद रिक्त हुँदै, पुनर्नियुक्ति भए ६ महिना मन्त्री हुन पाउने – Nepal Press

चार मन्त्रीको सांसद पद रिक्त हुँदै, पुनर्नियुक्ति भए ६ महिना मन्त्री हुन पाउने

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबााही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन्।

संसद सचिवालय स्रोतका अनुसार राजनीतिक दल सम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको कारबाही तथा सूचनालाई आधार मानी सो जानकारी गराउन लागिएको हो ।

माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपवहादुर रायमाझी,लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको निर्णय सचिवालयमा बुझाइसकेको छ ।

नेकपा विभाजनको बेला केपी ओली पक्षमा लागेका यी नेताहरु सर्वोच्च अदालतले एमाले–माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि पनि ओलीको साथ नछाड्ने भन्दै एमालेमा बसेका थिए ।

यसअघि माओवादी परित्याग गरेका लुम्विनीका दुई र कर्णालीका एकजना माओवादी सांसद पद रिक्त भइसकेको छ ।

माओवादीले गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद पनि रिक्त गराउँदैछ ।

पुनर्नियुक्ती हुनुपर्ने

सांसद नरहेका उनीहरुलाई मन्त्री भइराख्न पुनर्नियुक्ती गनुपर्ने हुन्छ।

संविधानविद टीकाराम भट्टराई संविधानको व्यवस्था अनुसार पुनर्नियुक्ती गरे सांसद नुहँदा पनि ६ महिना मन्त्री हुन सकिन्छ ।

‘सांसद नहुँदा पनि मन्त्री हुन सक्छन् तर पुनर्नियुक्ती हुनुपर्छ,’ भट्टराईले नेपाल प्रेससँग भने, ‘किनभने प्रतिनिधिसभा सदस्य नरहेमा पद रिक्त हुने व्यवस्था संविधानमा छ।’

संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्नसक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर