नेपालको राजनीतिक अवस्थाप्रति दुई भारतीय कुटनीतिज्ञ असन्तुष्ट, भन्छन्- प्रणालीमै समस्या – Nepal Press

नेपालको राजनीतिक अवस्थाप्रति दुई भारतीय कुटनीतिज्ञ असन्तुष्ट, भन्छन्- प्रणालीमै समस्या

दिल्ली । नेतृत्वले स्वार्थको लागि काम गर्दा र बलियो गठबन्धनको सुनिश्चितता नहुँदा नेपाली राजनीतिमा वर्तमान ‘उतारचढावपूर्व’ अवस्था सिर्जना भएको एक पूर्वभारतीय कुटनीतिज्ञले बताएका छन् ।

दिल्लीमा बुधबार आयोजित नेपालको संवैधानिक विकास पुस्तकको विमोचन गर्दै नेपालका लागि पूर्वभारतीय राजदूत मञ्जीवसिंह पुरीले उक्त कुरा बताएका हुन् । ‘नेपाली राजनीतिमा पछिल्लो समय फाइदाको लागि काम गर्ने सोच कायमै छ । जसले गर्दा राजनीति अस्थिर बनिरहेको छ’ उनले भने ।

बनारस हिन्दू विश्विद्यालयका सह-प्राध्यापक डा. राकेश कुमार मीनाद्वारा लिखित पुस्तकको पुरीले विमोचन गरेका थिए । भर्चुअल कार्यक्रमलाई इन्डिया काउन्सिल अफ वल्र्ड अफेयरले आयोजना गरेको थियो ।

एक भारतीय पत्रकारको नाम नलिइकनै पूर्वराजदूत पुरीले उनलाई उध्दृत गर्दै नेपालको अहिलेको अवस्था सिर्जना हुनुमा ‘जटिल खालको संविधान’ जिम्मेवार भएको समेत बताए । ‘नत प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली छ न त समानुपातिक सहभागिताको विशुद्ध व्यवस्था नै’ उनले भने ।

‘प्रणालीमै समस्या छ जसले गर्दा राजनीति स्थिर हुन सकिरहेको छैन’ पुरीले भने । नेपालको पूर्वी तराई र मधेशस्थित भारतीय सीमावर्ती जिल्लाका नागरिकले आफूलाई सरकारले विभेद गरेको गुनासो गरेको बताउँदै पुरीले नेपालले परिवर्तन ल्याएको तर, उक्त परिवर्तनलाई आत्मसात गर्न राजनीति तयार नभएको हुनसक्ने अनुमान गरे ।

कार्यक्रममा जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक एसडी मुनीले नेपालको तीनै तहका सरकारमा महिलाको सहभागिता एक तिहाइ भएपनि उनीहरु सरकारको नीतिबाट सन्तुष्ट नभएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर