एकैदिन सुन तोलामा एक हजारले बड्यो, चाँदीमा पनि वृद्धि – Nepal Press

एकैदिन सुन तोलामा एक हजारले बड्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन एक हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा बुधबारको मूल्यभन्दा एक हजार रुपैयाँले बढ्दै  प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

आज चाँदी प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको छ । यो मूल्य हिजोको मूल्यभन्दा १५ रुपैयाँले बढी हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर