हेल्प नेपाललाई हराउँदै एपीएफ आरबीबी एनभीए भलिबलको फाइनलमा – Nepal Press

हेल्प नेपाललाई हराउँदै एपीएफ आरबीबी एनभीए भलिबलको फाइनलमा

काठमाडौं । नेपाल एपीएफ क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप- पुरुषतर्फको फाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा एक खेल अगावै १५ अंक जोडेर फाइनलमा पुगिसकेको टिपटप हेल्प नेपाल क्लबलाई ३-० ले पराजित गर्दै १३ अंकसहित फाइनलमा स्थान सुरक्षित गरेको हो । आजको खेलमा जित हासिल गरेसँगै बुलबुले रारालाई पछाडि पार्दै फाइनल प्रवेश गरेको हो । बुलबुलेको ६ खेलबाट १२ अंक मात्र छ ।

हेल्प नेपालले टोलीका महत्त्वपूर्ण ३ जना भारतीय खेलाडीलाई फाइनलका लागि विश्राम दिएको थियो । तीन महत्त्वपूर्ण खेलाडी बिना नै कोर्टमा उत्रिएको हेल्प नेपाललाई पहिलो सेटमा २५-१८ ले पराजित गरेको एपीएफले दोस्रो सेटमा २५-८ ले र तेस्रो सेटमा २५-२३ को नतिजाको जित निकाल्यो । यदि आजको खेलमा एपीएफ पराजित भएको भए बुलबुले रारा फाइनलमा प्रवेश गर्ने थियो ।

भोलि हुने महिलातर्फको फाइनलमा न्यू डायमण्ड र पुलिस बिहान ११ : ३० बजे भिड्ने छन् भने पुरुषतर्फको फाइनल ३ : ३० बजे हेल्प नेपाल र एपीएफबीच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *