राप्रपाका ७ वटा संयोजित संगठनमा क कसले पाए जिम्मेवारी ? (सूचीसहित) – Nepal Press

राप्रपाका ७ वटा संयोजित संगठनमा क कसले पाए जिम्मेवारी ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न पार्टीसँग आबद्ध विभिन्न ७ वटा संयोजित संगठनहरुको एकता सम्पन्न गरेको छ ।

तीनवटा राप्रपा एकीकरणपछि पनि भातृ संगठनहरुको एकीकरण भइसकेको थिएन ।

अध्यक्षत्रय कमल थापा,पशुपति शमसेर जबरा र प्रकाशचन्द्र लोहनी सम्मिलित बैठकले ७ वटा संगठनाका अध्यक्ष र सहअध्यक्ष समायोजना गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
समायोजन भएका संगठन र तनीका नेतृत्वकर्ताहरु यस प्रकार छन् :

१) राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन: अध्यक्ष कुन्ती कुमारी शाही, सहअध्यक्ष ममता राई ।

२) राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन : अध्यक्षद्वय प्रकाश रिमाल र राजु लोहनी ।

३) राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन: कार्यकारी अध्यक्ष महेश बहादुर सिंह र अध्यक्ष धनशुर शाही ।

४) राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन: अध्यक्ष ऋषि बाबु परियार र सहअध्यक्ष सरला बिश्वकर्मा ।

५) राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठन- अध्यक्ष सलाउद्दिन जसगढ र सहअध्यक्ष हजबुल मियाँ ।

६) राष्ट्रिय प्रजातान्त्रिक आदिवासी जनजाति संगठन : अध्यक्षद्वय लालध्वज लामा र आङ्गनिमा शेर्पा ।

७) राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन: अध्यक्ष ध्रुव रायमाझी (उदयपुर) र सहअध्यक्ष राममणि न्यौपाने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर